Duryodhan Gurung
School Management Committee
आदरणीय शिक्षक एवम् कर्मचारीवृन्द, अभिभावकज्यूहरू, प्रिय विद्यार्थी तथा सम्पूर्ण शिक्षाप्रेमी महानुभावज्यूहरू,
शुभकामना तथा नमस्कार!
महेन्द्र ज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिका तर्फबाट तपाईंहरू सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, जसले विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक उत्थानमा निरन्तर साथ, सहयोग र समर्थन प्रदान गर्दै आउनुभएको छ।
शिक्षा केवल किताबी ज्ञानको सीमामा मात्र नबसी, व्यवहारिक जीवनमा अनुशासन, नैतिकता, सीप र सिर्जनशीलतालाई समेत आत्मसात् गराउने माध्यम हो भन्ने हाम्रो विश्वास छ। यही मूल उद्देश्यलाई आत्मसात गर्दै विद्यालयले गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली लागू गर्दै आइरहेको छ।
विद्यालय व्यवस्थापन समिति विद्यालयको सर्वाङ्गीण विकास तथा विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्न निरन्तर क्रियाशील छ। शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन बीचको सहकार्य नै विद्यालय सफलताको मुख्य आधार हो भन्ने हामी दृढताका साथ विश्वास गर्छौं।
अन्त्यमा, विद्यालयप्रति तपाईंहरूद्वारा प्रकट गरिएको विश्वास र समर्थनका लागि पुनः धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि तपाईंहरूको अमूल्य सुझाव, सरोकार र सक्रिय सहभागिता सदा सर्वदा पाइने विश्वास व्यक्त गर्दछु।
दुर्योधन गुरूङ
अध्यक्ष
विद्यालय व्यवस्थापन समिति
महेन्द्र ज्योति माध्यमिक विद्यालय
बिर्तामोड–१०, सैनिकबजार, झापा